Epost Nepal

तीन दलका शीर्ष नेताको, प्रधानमन्त्री कार्कीद्वारा संयुक्त बैठक आह्वान

११ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहभागी गराउँदै संयुक्त बैठक आह्वान गरेकी छन्।

कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई एकै ठाउँमा बस्ने गरी बैठक बोलाएकी हुन्, जसको आयोजना शनिबारका लागि तय गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिइसकेको र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निम्तो दिएको जानकारी दिइएको छ।

उनका अनुसार, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेर बैठकमा सहभागी हुन निमन्त्रण गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search