१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीबाट निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ।
सहमतिअनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने विषयमा बालेन सहमत भएका छन् भने रविले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सहमति जनाएका छन्।
सहमतिपत्रको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।”
रवि लामिछाने र बालेनद्वारा हस्ताक्षरित सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकासप्रति प्रतिबद्ध रहने, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने तथा बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आम नागरिकका अपेक्षा पूरा गर्न सुसंस्कृत र परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको स्वीकार गर्दै दुवै पक्ष एकतामा पुग्ने सहमतिमा पुगेका छन्।
सहमतिपत्रको पहिलो बुँदामा जेन–जी आन्दोलनको अपनत्व लिने उल्लेख गरिएको छ भने उनीहरूका माग सम्बोधन गर्न प्रतिबद्ध रहने कुरा पनि समेटिएको छ।
सहमतिको पूर्णपाठ :




