३ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। १९ सदस्यीय पदाधिकारी चयनका लागि भएको निर्वाचनमा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ।
अध्यक्ष पदमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए। निर्वाचनमा दुई फरक–फरक प्यानल बनाएर उम्मेदवारी दिइएको थियो भने अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन्। सचिव पदमा सबै उम्मेदवारहरू ओली प्यानलकै निर्वाचित भएका छन्।
अन्तिम रूपमा चयन भएको पदाधिकारी टोली यस प्रकार छः
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
लेखराज भट्ट
योगेश भट्टराई
सचिव
छविलाल विश्वकर्मा
भानुभक्त ढकाल
पद्मा अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
शेरधन राई
हिक्मत कार्की
महेश बस्नेत



