१२ साउन, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए । अध्यक्ष दाहालले त्यस्तो परिस्थितिमा आफू फेरि सडकमा पलेटी कसेर जनदबाव सिर्जना गर्न बाध्य हुने चेतावनी दिए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने बताए । दुई वटा ठूला पार्टीले गर्न…
१२ साउन, काठमाडौं - काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा एक सय २९…
१२ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने भन्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण गराए । उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो…
११ साउन, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दाहालले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको अध्यक्ष दाहालले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिइएको सापकोटाले बताए । शुक्रबार पदाधिकारी बैठकमा ६…
११ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रसँग शुक्रबार जुम मिटिङ गरी यस्तो निर्देशन दिएका हुन् । मिटिङमा वीर, टिचिङ, पाटनलगायत मुलुकभरका ठूला अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । मन्त्री पौडेलले सामान्य शल्यक्रिया गराउन पनि एक वर्षसम्म पालो कुनुपर्ने भन्दै सबै मिलेर अस्पताल सुधारमा लाग्न आग्रह गरेका छन् । मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल…
११ साउन, काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ। असल कर्जाको नोक्सानी प्रवधान घटाएको छ। निर्माण क्षेत्रलाई सहयोग पुग्ने गरीका सुविधाहरू पनि मौद्रिक नीतिमार्फत् अघि सारिएको छ। राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ। मौद्रिक नीतिको पूर्णपाठ_2081-082
१० साउन, काठमाडौं - सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् । नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन् । विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी गड्तौला आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । त्यसपछि उमेरहदका कारण निवृत्त हुनेछिन् ।
१० साउन, काठमाडौं - मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाल्पाका डा. अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् । यसैगरी बैठकले आयोगका सदस्यहहरूमा डा. आरपी बिछार, डा .रमेशप्रसाद सिंह, डा .प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
१० साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने बताएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ कोे कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए । 'स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी…
९ साउन, काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।