१० साउन, काठमाडौं – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाल्पाका डा. अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।
यसैगरी बैठकले आयोगका सदस्यहहरूमा डा. आरपी बिछार, डा .रमेशप्रसाद सिंह, डा .प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।



