१० साउन, काठमाडौं – सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् । नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।
विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी गड्तौला आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । त्यसपछि उमेरहदका कारण निवृत्त हुनेछिन् ।



