१५ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 'आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो,' उनले भने । प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 'बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ,' उनको…
१५ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन् । अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएको बताउँदै उनले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा स्पष्ट पारिसकेको स्मरण गराए। ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका…
१५ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताए । ‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरूरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’ समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य…
१४ साउन, काठमाडौं - सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् । यसअघि वाग्मतीको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियार थिए । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।
१४ साउन, काठमाडौं - सरकारले सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने यथावत् राखिएको छ। स्रोतका अनुसार गृहबाहेक अधिकांश मन्त्रालयका सचिव सरुवा भएका छन् । सरकारले नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय, रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, मधुसुदन बुर्लकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय, मुकुन्द निरौलालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर दंगाललाई रक्षा मन्त्रालय, दिनेश घिमिरे राजस्व सचिव र अख्तियारमा घनश्याम उपाध्यायलगायतलाई…
१४ साउन, काठमाडौं - सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । त्यस्तै पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले भारतसहित केही देशका लागि राजदूत सिफारिस गरेको हो । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ । त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर,…
१३ साउन, काठमाडौं - भ्रष्टाचारको आरोप लागेका तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले अर्याललाई धरौटी लिएर रिहा गर्न आदेश दिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए ।…
१३ साउन, काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकेको हो । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो । यसअघि विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । जोशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको…
१३ साउन, काठमाडौं - पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना बनाइरहेको बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताएका हुन् । 'पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ' अध्यक्ष दाहालले भने । उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको धारणा राखे । '१८ महिना सरकारको नेतृत्व…
१३ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ । कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति…