Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
नेपाल बाल सङ्गठनका देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

नेपाल बाल सङ्गठनका देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

१६ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । नेपाल बाल सङ्गठनका पदाधिकारसँग आइतबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए । नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, 'बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पूर्जाविना लामो…
Read More
पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घट्यो

पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घट्यो

१५ भदौ, काठमाडौं - नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो । अब उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको उपभोक्ताले १ सय ५४ मा किन्न पाइने छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमलेका अनुसार खाना पकाउने ग्यासको मूल्य भने…
Read More
लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन: प्रधानमन्त्री केपी शर्मा ओली

लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन: प्रधानमन्त्री केपी शर्मा ओली

१५ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने बताएका छन् । शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गरे । उनले नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको दाबी गरे । 'नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन,' प्रधानमन्त्री ओलीले…
Read More
प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

१५ भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धेरै पटक प्रधानमन्त्री बन्ने खालको अवस्था हटाउनुपर्ने भनाइ दोहोर्‍याएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताव आइतबारको बैठकबाट पारित हुने बताए । शर्माको उक्त प्रस्तावलाई लिएर पार्टीभित्र बहस भइरहेको छ । महामन्त्री शर्माले भने त्यसबारे बैठकले साझा दृष्टिकोण बनाउने र सहमतिबाट पारित गर्ने दाबी गर्छन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने भन्दै उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने बताए । महामन्त्री…
Read More
सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने: राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ

सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने: राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ

१५ भदौ, काठमाडौं - राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा शनिबार ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्‍याउन आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताए । उनले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राखे । मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको भन्दै गुरुङले सूचनाको हक संविधानको धारामा मात्र व्यवस्था नभइ…
Read More
सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढेको छ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढेको छ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

१५ भदौ, पोखरा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताउँदै ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ सरकार अघि बढेको बताए । सञ्चार क्षेत्र सम्बद्ध राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, हुलाकलगायत संस्थाहरू पुरानै ऐन, कानुन अनुसार सञ्चालन भइरहेकाले यिनीहरूलाई आवश्यकता अनुसार संशोधन गर्ने कुरामा सरकार अघि बढेको उनले उल्लेख गरे । सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन, साइबर…
Read More
आवश्यक परेको समयमा संविधान संशोधन हुन्छ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

आवश्यक परेको समयमा संविधान संशोधन हुन्छ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

१४ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताए । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्ने गरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानका आधारभूत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो…
Read More
माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न पुष्पकमल दाहालको सबैलाई आग्रह

माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न पुष्पकमल दाहालको सबैलाई आग्रह

१४ भदौ, सुर्खेत - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् । पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आइपुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए । त्यसका लागि माओवादी केन्द्रले एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्षले सबैलाई आग्रह गरे । विस्तृत शान्ति सम्झौतालाई संविधानको…
Read More
पाँचथरको फालेलुङमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको: गृहमन्त्री रमेश लेखक

पाँचथरको फालेलुङमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको: गृहमन्त्री रमेश लेखक

१४ भदौ, काठमाडौं -गृहमन्त्री रमेश लेखकले पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको बताएका छन् । बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन बम विस्फोटबाट घाइते भएका थिए भने विस्फोटबाट घाइते दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो । माओवादी कार्यकर्ताको घर नजिकै बम विस्फोट भएको घटनाले विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको थियो । गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै…
Read More
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटमा यसअघि भएको अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटमा यसअघि भएको अन्तरिम आदेश खारेज

१४ भदौ, काठमाडौं - नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटमा यसअघि भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश हरि फुयाँलको इजलासले भदौ ६ गते ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकृतहरूको पक्षमा दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीश सारंगा सुवेदी र विनोद शर्माको इजलासले खारेज गरिदिएको हो । उक्त अन्तरिम आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले भ्याकेटमा माग भएबमोजिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए । नेपाल प्रहरीका एसएसपीसहित २१ अधिकृतले आफूहरूलाई सेवा अवधिबाट अवकाशमा नपठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search