२५ बैशाख, काठमाडौं - नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालले ९ वर्षको कैद र २३ करोड २७ लाख जरिवाना सजाय सुनाइएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गर्दै सोही अनुसार जरिवाना हुने गरी सजाय गरेको हो । जरिवाना तोकिएको बराबरको रकम पौडेलबाट असुलउपर गर्न समेत अदालतले आदेश दिएको छ । वैशाख ७ गते विशेष अदालले गरेको फैसालमा पौडेललाई दोषी ठहर र यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने सफाई दिएको थियो ।…
२५ बैशाख, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेकोबारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् । उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।
२५ बैशाख, काठमाडौं - सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकिएको छ । कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेपछि बैठक सहमतिबिनै सकिएको हो । अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो । अहिले बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो अडान पुन राखेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा…
२५ बैशाख, काठमाडौं - नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वाेच्चमा अदालतमा रिट दर्ता गराएको छ । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् । “विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/०१/२३…
२४ बैशाख, बुटवल - बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मार्ने क्रममा १३ जना भारतीय युवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका…
२४ बैशाख, काठमाडौं - निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको हो । उनीहरुले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएका थिए । उनीहरुको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । 'आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा…
२४ बैशाख, काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूलाई बैठक बोलाएका हुन्। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् । घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी…
२३ बैशाख, काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा) दल विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको हो । जनता समाजवादी पार्टी विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् । आयोग पुग्नेमा सात सांसद छन् । जसमा एक वहालवाला मन्त्री पनि छन् । पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् । सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् ।
२३ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्रीले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट गरेकी हुन् । भेटमा उनीहरूबीच दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्याउँदै आएको बताए । उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे । जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको…
२३ बैशाख, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् । पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्तामात्रै रहेको जिकिर गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि…