Skip to main content

Epost Nepal

भित्र रवि-बालेन्द्र, बाहिर सुधन: मिलन नभएसम्म प्रवेश बन्द

१० पुस, काठमाडौं —  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।

बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, ‘जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *