Skip to main content

Epost Nepal

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

१६ पौष, काठमाण्डौं – राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो।

गत शुक्रबार बालकुमारीस्‍थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो।

त्यसक्रममा  प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *