१८ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’ उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले…
१७ जेठ, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले बिहीबार बिहान नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको बताए । ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’ मधेश प्रदेशमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री दाहालको भनाइ छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र…
१५ जेठ, काठमाडौं - सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छ । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेश तय गरेको हो । कार्यक्षेत्रको पहिलो बुँदामा 'सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने' उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा 'समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने' उल्लेख गरिएको छ ।…
१४ जेठ, काठमाडौं - सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा उभिएका नेपाली कांग्रेस र नेकपा एमाले अब एक अर्काको विरोधमा उत्रिएका छन् । यी दुई दलबीच सहकारीको बचत अपचलनमा प्रस्ट दुईधार छ । एमाले प्रस्ट रवि बचाउमा उत्रिएको छ । कांग्रेस रविलाई जुनसुकै हालतमा कमजोर बनाउने लाइनमा छ । यही लाइनका बीच केही समयअघि संसदीय दलको बैठक लाइभ गरेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसको भोलिपल्ट सदनमा मुठभेडनै भयो । त्यसयता सदन सौहार्द वातावरणमा चल्न सकेको छैन । वाकयुद्ध नेताहरूबीच पेचिलो बनेको छ । यसैबीच…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । सरकारविरुद्ध आइतबार कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप छ । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भरतपुरका रवि लामिछानेलाई समय लाग्छ ।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर…
११ जेठ, काठमाडौं - नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलहरुको बैठकमा कांग्रेस नेताहरुले सिरोहियामाथि गरिएको धरपकडका विषयमा प्रधानमन्त्रीसँग प्रश्न उठाएका थिए । त्यस्तै, केही दिनअघि प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसदहरुलाई लाञ्छना लगाउँदै दिएका अभिव्यक्तिका बारेमा समेत प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो, किन त्यस्तो भयो ? त्यसमा हाम्रो गम्भीररुपले चासो छ, यसमा सरकारले जवाफ दिनुपर्छ भनेर कुरा उठायौँ,' बैठकपछि लेखकले भने, 'त्यस्तै, केही दिन पहिले गृहमन्त्रीजीले प्रतिनिधिसभाको…
७ जेठ, काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ । सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय…
७ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच घिमिरेले प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि कांग्रेसले आपत्ति जनाएको हो । 'सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ ।कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन' कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने,'सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।' प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबर्जस्ती गरिएको कांग्रेसको धारणा छ । 'नेपालवको…
६ जेठ, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्। ‘मेरो प्रश्न छ- हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिऊँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिजीले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्य मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई सम्झिएर भने हुन्छ कि मेरा लागि आएको त्यो अफर थियो…
६ जेठ, काठमाडौं - नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको बताएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको उनले उल्लेख गरे । ‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय…