Epost Nepal

सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन: कांग्रेस

७ जेठ, काठमाडौं  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ ।

कांग्रेसको अवरोधमाबीच  घिमिरेले प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो ।

‘सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ ।कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन’ कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने,’सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।’

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबर्जस्ती गरिएको कांग्रेसको धारणा छ ।

‘नेपालवको संविधान अनुसार विश्वासको मत लिने ३० दिन छ । विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्‍याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गर्‍यो’ लेखकले भने । यस्तो कार्यमा सभामुखले पनि सहयोग गरेको कांग्रेसको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search