२३ कात्तिक, काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो । बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिस पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन । न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष,…
२१ कात्तिक, काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन् । पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन् । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए । ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा…
२० कात्तिक, काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरूलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत…
१७ कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि…
१५ कात्तिक, काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानिसको गलत अभ्यासले प्रकृतिलाई हानी पुर्याई द्वन्द्वसमेत निम्त्याउने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । कोलम्बियाको काली सहरमा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) मा सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले उक्त भनाई राखेका हुन् । सो अवसरमा मन्त्री ठकुरीले समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै सफलता साझा गर्न पाएकोमा खुसी समेत व्यक्त गरे । ‘द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्याउँछ । हामीले हाम्रा अभ्यासबाट उत्पन्न हुने द्वन्द्वलाई रोक्नुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायमा आधारित संरक्षणमा नेपालको सफलता र सामाजिक–राजनीतिक शान्ति निर्माणमा यसको योगदान साझा गर्न पाउँदा म खुसी…
१४ कात्तिक, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन् । मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन् । ´उपसभापति धनराज गुरुङको कुरा उठाउनु भयो । म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,' गृहमन्त्री लेखकले भने । तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उनले बताए । ´कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि…
१२ कात्तिक, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐन अन्तर्गत कार्यालय प्रमुखले हालसम्म सय जना कर्मचारीहरुलाई पनि कारबाही गर्न नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्न सक्ने प्रावधान भएपनि कार्यालय प्रमुखले कारबाही गर्न सक्ने स्थिति नरहेको बताए । उनले निजामती सेवा ऐनले कार्यालय प्रमुखलाई त्यो अधिकार दिएको भएपनि ऐन बनेदेखि हालसम्म कार्यालय प्रमुखले सय जना कर्मचारीलाई पनि सो अनुरुप कारबाही गर्न नसकेको बताए । त्यसरी कारबाही गरेको अवस्थामा ट्रेड युनियनहरुले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म…
११ कात्तिक, काठमाडौं - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक एकदिने गोष्ठीको आइतबार उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखी भन्दा प्रमाणमुखी हुन आवश्यक रहेको बताएका हुन् । त्यसका लागि फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) र न्याय निरूपण गर्ने संस्था (अदालत)बीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ । ‘वस्तुनिष्ट प्रमाणका आधारमा अनुसन्धान, कानुन र तथ्यको संयोजनमा आधारित अभियोजन…
१० कात्तिक, लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्नहरुलाइ सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने दाबी गरेका छन् । सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने उनको भनाइ छ । लमजुङमा शनिबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताएका हुन् । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताए । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।…
८ कात्तिक, काठमाडौं - नेकपा (एमाले)ले नेपालको सार्वभौम संसद्ले गठन गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको अवस्थामा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संस्था र व्यक्तिहरूका तर्फबाट आवाञ्छित गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्तिमार्फत कानुनबमोजिम भइरहेको काम र त्यो काममा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपा र त्यसका नेताहरूले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका हुन् । 'राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसद्को सदस्य उपस्थित…