८ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’ ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर…
७ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले भने, 'सरकारले अहिलेसम्म के गर्यो ? के भयो ? के भएन ? मैले नयाँ ढगले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।' मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री दाहालले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । आगामी मंगलबार उनी प्रधानमन्त्री…
७ पुस, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रमण भएको प्रयास भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।
७ पुस, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका हुन् । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए । राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले…
७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरे । शर्माले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गर्दै त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।
७ पुस, काठमाण्डौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताएका छन् । शनिबार नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलाइ भए अध्यादेशमार्फत ल्याइने जानकारी दिए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिटै संघीय कानुन पारित गर्ने तयारीमा सरकार रहेको समेत उनले उल्लेख गरे । “प्रदेशहरूले झन्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झन्डा त पायो प्रदेशमा, तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दै…
७ पुस, काठमाण्डौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको…
६ पुस, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको लाइन काटेको छ। प्राधिकरण स्रोतका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको हो । प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।
६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:
६ पुस, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन…