तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतङ्कवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।
न्युयोर्क, २६ असोज । संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले आपत्कालीन अपिल जारी गरेको छ। संयुक्त राष्ट्र सङ्घको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र सङ्घले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ। सो…
गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ…
सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ । उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए…
तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका…
तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ । यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्। उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’ गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन । उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’ इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने, ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’ उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका…
पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ इस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । दुर्घटना स्थलमा बिहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।
मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्। यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो…
काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य…
गाजा, २३ असोज । इजरायली सेनाले आफ्ना सयौँ मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ। हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईँलाई थाहा छ यो द्वन्द्वको मूल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन…