३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जलेको तथ्य सार्वजनिक भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार जलेका सवारीमध्ये २४ वटा चार पांग्रे हेभी गाडी, १०४ वटा चार पांग्रे लाइट गाडी र २१८ वटा दुई पांग्रे सवारी साधन छन्।
प्रहरीका अनुसार ठूलो मात्रामा सवारी जलेकोले दैनिक पुलिसिङ, ड्युटी र अन्य सुरक्षा कार्यहरूमा प्रभाव परेको छ।



