Epost Nepal

दाहालद्वारा राजावादी प्रदर्शनको कडा आलोचना, अराजकता नस्वीकार्ने चेतावनी

१६ चैत, काठमाण्डौं — माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको राजावादी प्रदर्शनलाई अराजकताको पराकाष्ठा भन्दै कडा आलोचना गरेका छन्। उनले भने, “राजावादीहरूले राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर गल्ती गरे, र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।”

समाजवादी मोर्चाले काठमाण्डौमा आयोजना गरेको जनसभामा दाहालले राजावादीको आन्दोलनको कडा शब्दमा निन्दा गर्दै, “यदि पूर्वराजाले अझै गल्ती गरे भने परिणाम भोग्न केही पनि बाँकी रहने छैन,” भने। उनले आगामी शान्तिपूर्ण आन्दोलनको तयारी गर्नका लागि माओवादीलाई आग्रह गर्दै भने, “हामीले शान्तिपूर्वक संघर्षका माध्यमबाट जनताको पक्षमा संघर्ष गर्नुपर्ने अवस्था आएको छ।”

राजावादीलाई पञ्चायती मण्डलेको संज्ञा दिने दाहालले भने, “हामी अराजकता मच्चाउने मण्डलेलाई छुट दिन्ने छैनौं। जनताको घरमा आगो लगाइएका छन्।” उनले यस्ता गतिविधिहरूलाई समाजवादी मोर्चासँग जुधाउने प्रयास भएको र मुलुकमा अराजकता फैलाउने उद्देश्य रहेको बताए।

दाहालले केपी शर्मा ओलीप्रति पनि कडा टिप्पणी गर्दै भने, “ओलीलाई गणतन्त्रप्रति रिस छ, र अहिले उल्टो काम गर्दै छन् जसले राजावादीलाई फाइदा पुर्याउँछ।” उनले संविधानको समीक्षा गरेर, आर्थिक समृद्धिको नयाँ खाका कोर्नुपर्ने बताएका छन्।

यसैबीच, समाजवादी मोर्चाका अन्य नेताहरूले पनि राजतन्त्रको पक्षमा उठेका आवाजहरूको विरोध गर्दै चेतावनी दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्काउने कोसिस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए भने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भने, “गणतन्त्रको मूल्य र बलिदानको रक्षा गर्नु पर्छ, राजतन्त्र चाहने राजावादीहरूले पछुताउनुपर्छ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search