Epost Nepal

रवि लामिछाने न्यायिक हिरासतमा, थुनछेक बहस सोमबारदेखि सुरू हुने

२८ पुस, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।

काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई बयान सकिए पनि थुनछेक बहस नभएकाले हिरासतमा पठाउने आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा राख्नुपरेको जानकारी दिए। “बयान सकिए पनि थुनछेक बहस पूरा नभएकाले उहाँलाई न्यायिक हिरासतमा पठाइएको हो। सोमबारदेखि थुनछेक बहस हुने छ,” शर्माले बताए।

थुनछेक बहस स्थगित हुनुको कारण

लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस तत्कालै गराउन प्रस्ताव गरे पनि न्यायाधीशले समय अभावका कारण सम्भव नभएको बताएका छन्। “इजलासमा बयान सकियो, तर २०-२५ मिनेट मात्र समय बाँकी थियो। हामीले बहस गरौं भनेका थियौं, तर सरकारी वकिलले अध्ययन आवश्यक रहेको बताए। न्यायाधीशले पनि समय अपुग भएको भन्दै प्रहरीको जिम्मा लगाएर न्यायिक हिरासतमा पठाउने निर्णय गर्नुभयो,” न्यौपानेले भने।

कानुन व्यवसायीहरूले लामिछानेलाई परिवार वा कानुन व्यवसायीको जिम्मा लगाउन प्रस्ताव गरे पनि इजलासले अस्वीकार गरेको छ।

सहकारी ठगी मुद्दामा लामिछाने

लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ। उनी आइतबार बिहान अदालतमा उपस्थित भएका थिए। यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सूर्यदर्शन सहकारी प्रकरणमा ८४ दिन हिरासतमा रहेका लामिछाने बिहीबार धरौटीमा छुटेका थिए र शुक्रबार काठमाडौं आएर प्रहरी सम्पर्कमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search