Epost Nepal

सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

२९ मङ्सिर, काभ्रेपलाञ्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोहमा शनिबार उनले रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताए ।

“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौँ । यसका निम्ति केयूलगायत विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,” केयूका कुलपति समेत रहेका ओलीले भने ।

विद्यार्थीलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका ‘नमुना’ विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्र दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताए । उनले भने, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने उनले बताए । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ,” उनले दीक्षित विद्यार्थीतर्फ इंगित गर्दै भने, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ । सफलताका लागि अझ परिष्कृति म्यानर मिसाउनुपर्छ ।”

विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उनले व्यवहारतः असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले धर्तीको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकामा दुःखेसो पोखे । अरू भूभाग समेत मरभूमि बन्ने खतरा बढेकामा उनले चिन्ता व्यक्त गरे ।

“अरूका गल्तीले धर्तीका भूभाग मरुभूमि बन्दै छ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ । कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ,” उनले भने ।

पुर्खाले वरपिपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका निम्ति ‘ब्यालेन्स’ मिलाएको उनले बताए । पारिस्थितिकी चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्छ भन्ने विषयमा आफूले जोड दिँदै आएको उनले उल्लेख गरे ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयूका सहकुलपति विद्या भट्टराईको पनि उपस्थिति थियो । विश्वविद्यालयका विभिन्न संकायका शनिबार एक हजार २६५ जना विद्यार्थी दीक्षित भएका छन् । -रासस

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search