Epost Nepal

बाढी-पहिरोका कारण करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द, करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति

१३ असोज, काठमाडौं – अविरल वर्षापछि आएको बाढी-पहिरोले करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेका छन् ।

आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए ।

बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले  जनाएको छ ।

‘आपत्कालीन अवस्थामा अधिकांश विद्युत् गृहहरुको उत्पादन रोकिएको छ,’ उनले भने । अविरल वर्षाले १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको खड्काको भनाइ छ ।

मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जनाएको छ । विभिन्न सिँचाइ आयोजना तथा नदि नियन्त्रणमा क्षति पुगेको मन्त्रालयका सिँचाइ सचिव सरिता दुवाडीले जनाइन् ।

कमत्ता सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा,नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति र सुनकोशि मरिन डाइभर्सन बहुउध्येशीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधिन कफर ड्याम डुवानमा परेको र रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search