१२ असोज, सिन्धुली – सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ ।
सुनकोसीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् ।
त्यस्तै खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेका छन् ।





