Epost Nepal

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

२० जेठ, काठमाडौं – स्पेनिस क्लब रियल म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्दै रियलले कीर्तिमानी १५औं च्याम्पियन्स लिग उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो।

रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।

८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्‍यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए।

डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा मौका खेर फाल्दा स्ट्राइकर निकलस फुलक्रगको प्रहार पोस्टमा लागेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search