१० जेठ, काठमाडौं – इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि जितेको छ ।
युरोपियन फुटबल महासङ्घको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता युरोपा लिग जित्ने क्रममा एटलान्टाले जर्मन च्याम्पियन बायर लेभरकुजेनलाई पराजित गर्यो ।
एटलान्टाले ६१ वर्षमा पहिलो मुख्य उपाधिको जित्न सफल भएको हो ।
बुधबार राति भएको फाइनल खेलमा एटलान्टा ३-० गोलले विजयी भयो ।
एटलान्टाको जितमा लुकम्यानले ह्याट्रिक गरे । उनले खेलको १२, २६ र ७५ मिनेटमा गोल गरेका थिए ।
यता हारसँगै लेभरकुजेनको ५१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो ।



