Epost Nepal

राजनीति र संघीयतामा ग्रहण लागेको छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

चैत्र २२, लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए ।

बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए ।

औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको विकास हुन नसक्ने उनको दाबी थियो । प्रदेशको औचित्य पुष्टि गर्न स्रोत र साधनमै पहुँच हुनु जरुरी रहेको उनले बताए । ‘प्रदेशमा हामी आफैंले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाइरहेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुन्ड्याएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ ।’ त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।

चौधरीले प्रदेश सरकारको स्थायित्वको जरुरी रहेको बताए । ‘स्थायित्व भएन भने कुनै पनि विकास र समृद्धि अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन ।’

उनले हरेक प्रदेशहरुमा अस्थिरताको बादल छाएको बताए । राजनीति र संघीयतामा पनि ग्रहण लागेको भन्दै उनले संघीयता धरापमा पर्ने चिन्ता व्यक्त गरे । ‘प्रधानमन्त्री फुत्त फुत्त उफ्रने प्रवृत्तिले संघीयता धरापमा पर्न सक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईं फुत्त फुत्त उफ्रने र यताको उता कुर्ची सार्नुभन्दा पहिला टेक्ने स्थान कहाँ हो त्यो निधो गर्नुस् ।’ फुत्तफुत्तले कहीं हामी सबैलाई डुबाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search