Skip to main content

Epost Nepal

नेकपा (माओवादी केन्द्र) पार्टीको पदाधिकारी बैठक आह्वान

२ पुस, काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ ।

पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । उनका अनुसार बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

“बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने ।

माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *