Epost Nepal

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

न्युयोर्क, ११ कार्तिक  । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो।

यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ  ।  त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ  ।

संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन्  ।

संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ।

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै भएनन् । इजरायलले युद्ध बिरामको सो प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

इजरायली विदेश मन्त्रीले युद्ध विरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावको निन्दा गरेका छन् भने गाजामा कब्जा जमाएको हमासले संयुक्त राष्ट्रसङ्घको वक्तव्यको प्रशंसा गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘हमासले गाजामा युद्ध विरामको लागि अनुरोध गर्ने संयुक्त राष्ट्र महासभाको प्रस्ताव पारित गरेकोमा स्वागत गर्दछ र गाजा पट्टीमा नागरिकहरूको लागि इन्धन र राहत सामग्रीहरू प्रवेश गर्न आह्वान गरेको छ ।’

प्यालेस्टिनी प्राधिकरणले पनि प्रस्तावको स्वागत गरेको छ । हमासको प्रतिद्वन्द्वी प्यालेस्टिनी प्राधिकरणले पनि संयुक्त राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको हो ।



प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search