Epost Nepal

सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

 

न्युयोर्क, १० कार्तिक । अमेरिकामा गोली काण्डका घटना अझै रोकिएका छैनन् ।

अमेरिकाको लेविस्टनमा बुधवार अबेर राति भएको गोली काण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्, यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।

अमेरिकाको मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ ।

सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन ।

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका व्यक्ति भएको पनि खुलेको छ । यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेकोसमेत प्रहरीले जनाएको छ ।

समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे । उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्कीसमेत दिएका थिए।

यसअघि प्रहरीले बुधवार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो । तस्बिरहरूले खैरो हुडी र जिन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ ।

प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्ध विच्छेद भइसकेको छ । उनी तीन सन्तानका पिता हुन् । उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका व्यक्तिसमेत हुन । उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।

सो घटना पछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ ।यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search