१५ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि बाढीपीडित नागरिकले अझै भोकै बस्नुपरेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
राहत संकलन तथा वितरणमा सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गर्न एमालेले चाहेको ओलीले बताए।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’