१४ भदौ, काठमाडौं — अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ ।
मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ ।