११ भदौ, काठमाडौं — चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।
चीनले बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन् ।
यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ । त्यस्तै, २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो ।
चीनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।