११ भदौ, काठमाडौं — भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म २७० जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।