Skip to main content

Epost Nepal

साउनमा ७० हजार ४ सय ४१ जनाले लिए श्रम स्वीकृति

२ भदौ, काठमाडौं — साउन महिनामा वैदेशिक रोजगारीमा जान ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृतिसमेत गरी ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्।

साउनमा पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् भने ‘जीटुजी’ प्रक्रियामार्फत ७ सय १२ जना वैदेशिक रोजगारीमा गएका छन्।

साउनमा सबैभन्दा धेरै नेपाली श्रमिक यूएई गएका छन्। विभागका अनुसार यूएई जान १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।

गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *