Epost Nepal

समुद्री ड्रोन आक्रमणबाट रूसी पनडुब्बीमा क्षति पुगेको युक्रेनको दाबी

१ पुष, काठमाडौं — युक्रेनले पहिलो पटक पानीमुनि सञ्चालन हुने समुद्री ड्रोन प्रयोग गरी ब्ल्याक सागर क्षेत्रमा रहेको रूसी पनडुब्बीमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ। युक्रेनको सुरक्षा सेवा (एसबियु) ले स्वदेशमै निर्माण गरिएका ‘सब सी बेबी’ ड्रोनमार्फत नोभोरोस्सियस्क नजिकको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीलाई निशाना बनाएको जनाएको छ।

एसबियुले सार्वजनिक गरेको भिडियोमा समुद्री तट नजिकै शक्तिशाली विस्फोट भएको देखिन्छ, जहाँ पनडुब्बी र अन्य जहाजहरू राखिएको छ। बन्दरगाहको संरचना र घाटको अवस्थाको आधारमा उक्त भिडियो नोभोरोस्सियस्क बन्दरगाहकै भएको समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ।

युक्रेनी आक्रमणपछि रूसले क्राइमियाबाट आफ्ना युद्धपोतहरू हटाउनुपरेको र त्यस क्रममा उक्त पनडुब्बीलाई पनि नोभोरोस्सियस्कमा सारिएको युक्रेनको भनाइ छ। क्रुज मिसाइल प्रहार गर्न सक्षम सो पनडुब्बी निर्माणमा रूसलाई ४० करोड अमेरिकी डलरभन्दा बढी खर्च लागेको युक्रेनले जनाएको छ।

पानीमुनि चल्ने ड्रोन प्रयोग गरेर कुनै पनडुब्बीलाई निष्क्रिय बनाइएको यो पहिलो घटना भएको दाबी युक्रेनले गरेको छ। तर रूसले उक्त दाबीलाई अस्वीकार गरेको छ।

रूसी नौसेनाले जारी गरेको विज्ञप्तिमा नोभोरोस्सियस्क नौसेना बेसमा रहेका आफ्ना कुनै पनि जहाज, पनडुब्बी वा चालक दललाई आक्रमणका कारण क्षति नपुगेको र सबै यथावत् रूपमा परिचालनमै रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search