Epost Nepal

Day: २०८१ कार्तिक २५, आईतवार

विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन, १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्‌को वक्यौता रकम बिलअनुसार असुलउपर गरिने

विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन, १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्‌को वक्यौता रकम बिलअनुसार असुलउपर गरिने

२५ कात्तिक, काठमाडौं - सरकारले विद्युत् लाइन काटिएका उद्योगमा सोमबार दिउँसो १२ बजेभित्र  लाइन जोड्न निर्देशन दिएको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेकोले लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यससँगै मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता अशुल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड…
Read More
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

२५ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपतिलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले बिदाइ गरे । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकुका लागि प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read More
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२५ कात्तिक, कास्की - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवी राईसँग मिलेर रकम अपचलन गरेको…
Read More
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

२५ कात्तिक, काठमाडौं - विराटनगरमा पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आरोपित अधिकारीलाई आइतबार मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौं ल्याइएपछि अदालत उपस्थित गराइएको थियो । उनलाई अनुसन्धानका लागि मंगलबारसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । यही कसूरका यसअघि पक्राउ परेका अरु ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म सांसद अधिकारीलाई म्याद मिलान गरिएको हो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका…
Read More
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी  पक्राउ

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

२५ कात्तिक, विराटनगर - कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search