२५ भदौ, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीपीडितहरूले पोखरामा कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन आएका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् । बिरौटास्थित बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको…
२५ भदौ, सिरहा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार दलाल र बिचौलियाहरूको अगुवाइमा बनेको आरोप लगाएका छन् । सिरहाको कर्जन्हामा मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए,’ दाहालले भने, ‘अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’ दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए । यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने…