Epost Nepal

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुँदै, आजै शपथ

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुँदै, आजै शपथ

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुँदै, आजै शपथ

११ पुस, काठमाडौं — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार, “उहाँको शपथ आजै हुने तय छ।” बालानन्द शर्मा माओवादी लडाकूलाई शान्ति प्रक्रियापछि नेपाली सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजकका रूपमा कार्यरत थिए। यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कोभिड–१९ महामारीका बेला गठन गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी पनि उनले सम्हालेका थिए, जहाँ उनले सिइओको भूमिकामा काम गरेका थिए। पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय…
Read More
तीन दलका शीर्ष नेताको, प्रधानमन्त्री कार्कीद्वारा संयुक्त बैठक आह्वान

तीन दलका शीर्ष नेताको, प्रधानमन्त्री कार्कीद्वारा संयुक्त बैठक आह्वान

११ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहभागी गराउँदै संयुक्त बैठक आह्वान गरेकी छन्। कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई एकै ठाउँमा बस्ने गरी बैठक बोलाएकी हुन्, जसको आयोजना शनिबारका लागि तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिइसकेको र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निम्तो दिएको जानकारी दिइएको छ। उनका अनुसार,…
Read More
विश्वविद्यालयको कुलपति प्रणाली सुधार्न गम्भीर छलफल भइरहेको छ: प्रधानमन्त्री

विश्वविद्यालयको कुलपति प्रणाली सुधार्न गम्भीर छलफल भइरहेको छ: प्रधानमन्त्री

१० पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति रहने व्यवस्थामा सुधार आवश्यक भएको महसुस गरिएको बताएकी छन्। उनका अनुसार, शैक्षिक प्रशासनमा भइरहेको अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्र दीर्घकालदेखि प्रभावित हुँदै आएको निष्कर्षमा पुगेर सरकारले केही ठोस पहल सुरु गरेको हो। प्रधानमन्त्री कार्कीले भनिन्, “प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुने अभ्यासलाई परिमार्जन गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखिएको छ। यस विषयमा गम्भीर छलफल र तयारी भइरहेको छ।” उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै, यस क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी विश्वविद्यालयलाई प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिइन्। उच्च शिक्षाका लागि ठूलो…
Read More
भित्र रवि-बालेन्द्र, बाहिर सुधन: मिलन नभएसम्म प्रवेश बन्द

भित्र रवि-बालेन्द्र, बाहिर सुधन: मिलन नभएसम्म प्रवेश बन्द

१० पुस, काठमाडौं —  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ । बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, 'जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।'
Read More
झापामा जंगली हात्तीको आक्रमण, युवक घाइते

झापामा जंगली हात्तीको आक्रमण, युवक घाइते

१० पुस, काठमाडौं — झापामा जंगली हात्तीको आक्रमणमा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका–१३ अन्तर्गत रहेको हातेमालो सामुदायिक वन क्षेत्रमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ६ बजे दाउरा संकलन गर्न वनमा गएका बेला अचानक जंगली हात्तीले दाहालमाथि आक्रमण गरेको थियो । आक्रमणका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
विराटनगरमा दुर्घटना, २७ वर्षीय क्रिकेटर मिनष थापाको मृत्यु

विराटनगरमा दुर्घटना, २७ वर्षीय क्रिकेटर मिनष थापाको मृत्यु

१० पुस, काठमाडौं — मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा २७ वर्षीय थापाको ज्यान गएको हो । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । थापा विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत…
Read More
बालेनको नयाँ राजनीतिक होमवर्क, आफ्नै पार्टी बनाउने दिशामा कुपण्डोलमा मध्यरातसम्म छलफल

बालेनको नयाँ राजनीतिक होमवर्क, आफ्नै पार्टी बनाउने दिशामा कुपण्डोलमा मध्यरातसम्म छलफल

१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् । सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् । बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको…
Read More
सम्पत्ति विवरण सार्वजनिक नहुँदा घिसिङले लगाए प्रधानमन्त्री कार्यालयलाई दोष

सम्पत्ति विवरण सार्वजनिक नहुँदा घिसिङले लगाए प्रधानमन्त्री कार्यालयलाई दोष

९ पुस काठमाडौं — जेनजी आन्दोलनको आधारमा सुशासनको एजेन्डा अघि सार्दै बनेको सुशीला कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । सम्पत्ति विवरण सार्वजनिक नहुँदा विभिन्न आलोचना र टिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले यसको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथि थोपरेका छन् । मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयकै रहेको बताएका हुन् । ‘कर्मचारीको हैसियतमा रहँदा लामो समयदेखि सम्पत्ति विवरण बुझाउँदै आएको हुँ । यसपटक क्याबिनेटका सबै सदस्यले पनि तोकिएको समयमै विवरण बुझाएका…
Read More
उम्मेदवारी दर्ताको समय आएपछि राजीनामाबारे निर्णय गर्छु: मन्त्री घिसिङ

उम्मेदवारी दर्ताको समय आएपछि राजीनामाबारे निर्णय गर्छु: मन्त्री घिसिङ

९ पुस काठमाडौं — सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’ वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
Read More
फेवाताल सिमसार अतिक्रमण रोक्न कडा कानुन चाहियो : मेयर आचार्य

फेवाताल सिमसार अतिक्रमण रोक्न कडा कानुन चाहियो : मेयर आचार्य

९ पुस, काठमाडौं — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालसहित रामसार सूचीमा परेका पोखराका सबै ९ वटा ताल अतिक्रमण गरी पुर्ने व्यक्तिमाथि फौजदारी अभियोग लगाउन सक्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। फेवातालको सिमसार क्षेत्र अतिक्रमण गर्ने, पुर्ने र जथाभाबी डोजर प्रयोग गर्ने प्रवृत्ति रोक्दा रोक्दै  आफू अत्यन्तै थाकिसकेको उल्लेख गर्दै मेयर आचार्यले संघीय सरकारले नै कडा कानुन ल्याउनुपर्ने बताए। कुराकानीमा उनले सिमसार संरक्षण संघीय सरकारको अधिकार क्षेत्रमा परे पनि त्यसअनुसारको काम नभएको गुनासो गरे। उनका अनुसार महानगरले सिमसार पुर्ने व्यक्तिलाई पक्राउ गर्ने, डोजर र टिप्पर नियन्त्रणमा लिई जरिवाना तिराएर छाड्ने गरेको छ, तर यसले अतिक्रमण रोक्न नसकेको उनले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search