१ असार, काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि नतिजाबाट चुकेको हो । खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले…
२० जेठ, काठमाडौं - स्पेनिस क्लब रियल म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्दै रियलले कीर्तिमानी १५औं च्याम्पियन्स लिग उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो। रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए। ८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए। डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा…
१० जेठ, काठमाडौं - इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि जितेको छ । युरोपियन फुटबल महासङ्घको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता युरोपा लिग जित्ने क्रममा एटलान्टाले जर्मन च्याम्पियन बायर लेभरकुजेनलाई पराजित गर्यो । एटलान्टाले ६१ वर्षमा पहिलो मुख्य उपाधिको जित्न सफल भएको हो । बुधबार राति भएको फाइनल खेलमा एटलान्टा ३-० गोलले विजयी भयो । एटलान्टाको जितमा लुकम्यानले ह्याट्रिक गरे । उनले खेलको १२, २६ र ७५ मिनेटमा गोल गरेका थिए । यता हारसँगै लेभरकुजेनको ५१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो ।
२३ बैशाख, काठमाडौं - रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो । ३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ । ला लिगाकै अर्को…
१९ बैशाख, काठमाडौं - रोहित पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता रहने छ ।
१ बैशाख , काठमाडौं - दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । यस सँगै नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई ३२ रनले पराजित गरेको छ । मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनायो । १९ बलमा अर्धशतक पुरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार…
२८ चैत्र, काठमाडौं - च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले दुई-दुई गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा भएको खेलमा बुकायो शाकाको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। १२ मिनेटमा गोल खाए पनि बायर्नले १८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि गिनर्बीले गोल गरेका थिए। ३२ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर दोस्रो हाफमा आर्सनलका ट्रोसार्डले गोल गर्दै घरेलु टिमको सम्भावित हार टारे।
२७ माघ, काठमाण्डौं - लगातार दोस्रो जितसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ। रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २-० ले जितेको हो । पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् । शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा…
२७ माघ, काठमाण्डौं - एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १…
१७ माघ, काठमाण्डौं - आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्यो। बंगलादेशलाई जित दिलाउने क्रममा अरिफुल इस्लाम र जिसन आलमले अर्धशतकीय इनिङ खेले। अरिफुल इस्लामले ३८ बलमा दुई छक्का र सात चौकाको मद्दतले अविजित ५९ रन बनाए। त्यसअघि ओपनर जिसनले दुई छक्का र ६ छक्काको मद्दतमा ४३ बलमा ५५ रन बनाएका थिए। बंगलादेशका पाँचै खेलाडीलाई सुवास भण्डारीले आउट गरेका थिए। सुवासले आठ ओभर बलिङ गर्दै ४४ रन दिएर पाँच विकेट लिए…