१२ कात्तिक, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐन अन्तर्गत कार्यालय प्रमुखले हालसम्म सय जना कर्मचारीहरुलाई पनि कारबाही गर्न नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्न सक्ने प्रावधान भएपनि कार्यालय प्रमुखले कारबाही गर्न सक्ने स्थिति नरहेको बताए । उनले निजामती सेवा ऐनले कार्यालय प्रमुखलाई त्यो अधिकार दिएको भएपनि ऐन बनेदेखि हालसम्म कार्यालय प्रमुखले सय जना कर्मचारीलाई पनि सो अनुरुप कारबाही गर्न नसकेको बताए । त्यसरी कारबाही गरेको अवस्थामा ट्रेड युनियनहरुले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म…
११ कात्तिक, काठमाडौं - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक एकदिने गोष्ठीको आइतबार उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखी भन्दा प्रमाणमुखी हुन आवश्यक रहेको बताएका हुन् । त्यसका लागि फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) र न्याय निरूपण गर्ने संस्था (अदालत)बीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ । ‘वस्तुनिष्ट प्रमाणका आधारमा अनुसन्धान, कानुन र तथ्यको संयोजनमा आधारित अभियोजन…
१० कात्तिक, लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्नहरुलाइ सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने दाबी गरेका छन् । सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने उनको भनाइ छ । लमजुङमा शनिबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताएका हुन् । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताए । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।…
८ कात्तिक, काठमाडौं - नेकपा (एमाले)ले नेपालको सार्वभौम संसद्ले गठन गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको अवस्थामा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संस्था र व्यक्तिहरूका तर्फबाट आवाञ्छित गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्तिमार्फत कानुनबमोजिम भइरहेको काम र त्यो काममा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपा र त्यसका नेताहरूले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका हुन् । 'राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसद्को सदस्य उपस्थित…
७ कात्तिक, काठमाडौं - सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।'पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति…
७ कात्तिक, काठमाडौं - सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए । 'पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,' ओलीले भने, 'अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये…
५ कात्तिक, हुम्ला - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा सोमबारदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, 'देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।' उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्नेसमेत दाबी गरेका थिए । उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो ।…
४ कात्तिक, कास्की - सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।
३ कात्तिक, चितवन - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा पार्टी विभाजन गरेर अलग भएकाहरूलाई एकजुट बनाउनुपर्ने बताए । 'विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरू हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरू हौं । हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ । इतिहासले, विज्ञानको निमयले पनि के भन्छ भने एउटै स्कुल र मूलप्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि ती एकताबद्ध हुन्छन्,' दाहालले भने, 'तिनलाई एकताबद्ध गरिन्छ । अब समय आएको छ, हामीले २०८४ पुग्दासम्म…
२ कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोजमा भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन निर्देशन दिए । ओलीले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन दातृनिकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देशन दिए । उनले किसानको बालीनालीको नोक्सानी भएको स्थितिमा उनीहरुलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरुको मर्मत…