Epost Nepal

Breaking News 3

नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

२९ मङ्सिर, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्‍याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए । हाल पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने उनले बताए । उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग…
Read More
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली

२८ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । 'नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ,' प्रधानमन्त्री ओलीले भने, 'नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो…
Read More
रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइयो

रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइयो

२४ मङ्सिर, पर्सा - सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ । वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो । प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याएको हो । प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो । गत मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप…
Read More
शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ: पुष्पकमल दाहाल

शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ: पुष्पकमल दाहाल

२२ मङ्सिर, काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय समहतिबाटै टुंगोमा शान्ति प्रक्रियाका बाँकी काम अन्तिम चरणमा पुगेको बताए ।
Read More
नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर हुँदैन: नेपाली कांग्रेसका नेता डा शेखर कोइराला

नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर हुँदैन: नेपाली कांग्रेसका नेता डा शेखर कोइराला

२२ मङ्सिर, चितवन - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर नहुने बताएका छन् । शनिबार चितवनमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने बताए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन,’ उनले भने । कोइरालाले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिए । एक फरक प्रसंगमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान भएको उनले बताए ।
Read More
कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् । चीनको औपचारिक चार दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए । कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,' ओलीले भने, 'हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।' निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस…
Read More
नेपालले बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको छ: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

नेपालले बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको छ: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

२० मङ्सिर, काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको बताएका छन् । ‘आर्कविल्ड एक्स्पो २०२४’को काठमाडौंमा बिहीबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले बौद्धिक पलायतको समस्या समाधानको पहल लिनुपर्ने बताए । 'दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञ, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ,' उनले भने । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षसमेत रहेका भट्टराईले नेपालजस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम…
Read More
नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

१८ मङ्सिर, काठमाडौं  - नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल-चीनबीच भएका सहमति र समझदारी * टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान * नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान * ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान * भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर * विकास योजनासम्बन्धी…
Read More
म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

१४ मङ्सिर, स्याङ्जा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । स्याङ्जाको मिर्मीमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो । 'यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,' उनले भने, 'म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।' अझै…
Read More
सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

१२ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताएका छन् । छैटौँ एसियाली जनसंख्या सम्मेलनको आज उद्घाटन गर्दै उनले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले काठमान्डू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए । उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search