९ बैशाख, काठमाडौं - सत्ता साझेदार नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको छ । पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापनका क्रममा १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै यस्तो आग्रह गरेको हो । मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्तासमिकरण निर्माण…
८ बैशाख, काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए । ‘कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अगाडि भन्नसक्छु, अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु,’ उनले भने । थापाले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको र राजनीतिलाई विकृत तुल्याएको बताए। यस्तो गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनले बताए । ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई…
७ बैशाख, काठमाडौं - नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालले दोषी ठहर गरेको छ । साथै यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो । अदालतबाट सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा…
६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद ) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
५ बैशाख, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु गैरजिम्मेवार कदम हो ।'…
३ बैशाख , काठमाडौं - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेका बेला अधिवेशन अन्त्य गर्नुलाई कांग्रेसले आपत्ति जनाएको छ । संसदीय समिति गठनको माग छल्न सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलको आइतबारको बैठकले निष्कर्ष निकालेको छ । अप्रत्याशित रूपमा संसद् बन्द गरेर सरकार संसदीय समिति गठनको मागबाट भागेको आरोप लगाउँदै कांग्रेसले उक्त मागालाई आगामी अधिवेशनको सुरुआतदेखि पुनः चर्काउने घोषणासमेत गरेको छ । कांग्रेस बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारमा रहेका बहालवालामन्त्री समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय…
१ बैशाख , काठमाडौं - विश्वकै सर्बोच्च शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् । जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५…
३० चैत्र, काठमाडौं - प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए । त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।
२९ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले पछिल्लो दिनमा राजनीति विकृत भएको उल्लेख गरे । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेशा जस्तो सोचिरहेको बताए । उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ। राजनीतिलाई मान्छेहरुले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो…
२८ चैत्र, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि गरेको आह्वानको समय नसकिँदै भएको नियुक्ति र सभामुखको समेत गणना गरिएको भन्ने निवेदनको मागमा संवैधानिक व्याख्या जरूरी भएकाले अहिलेका लागि उनलाई सामान्य काममात्र गर्न आदेश दिएको इजलासले जनाएको छ। सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि…