२७ बैशाख, काठमाडौं - कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटकाे पेशी शुक्रबारका लागि ताेकिएकाे छ । संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालिएको छ । रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प…
२७ बैशाख, बिराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त गर्नुअघि प्रदेश प्रमुखले ५२ जना सांसदको सनाखत गराएका थिए। प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाका बीचमा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका हुन्। कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
२७ बैशाख, बिराटनगर - कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका हुन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । कोसीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा प्रदेशसभाका ५२ जना सदस्यले…
१८ बैशाख, काठमाडौं - इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर भने निकटतम प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।
१५ बैशाख, काठमाडौं - उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान सम्पन्न भएको छ । इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ । आयोगका अनुसार दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण सम्पन्न भएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ । उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर…
१४ बैशाख, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका हुन् । 'युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ। प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ ,'प्रधानमन्त्री प्रचण्डले भने,' समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।' समारोहमा युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने…
८ बैशाख, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए । ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार…
८ बैशाख, काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए । ‘कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अगाडि भन्नसक्छु, अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु,’ उनले भने । थापाले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको र राजनीतिलाई विकृत तुल्याएको बताए। यस्तो गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनले बताए । ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई…
२९ चैत्र, इलाम - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७९ सालको निर्वाचनमा नेकपा (माओवादी) लगायत दलसँग चुनावी गठबन्धन गरेको गलत भएको बताएका छन् । इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चुनावी प्रचारको क्रममा थापाले निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको बताए । उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’ थापाले देशका ठूला विभिन्न काण्डमा मुछिएका सबै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा अगाडि बढेको विषय कुनै आग्रह–पूर्वाग्रहले होइन,’ उनले भने, ‘ठूला काण्डमा मुछिएका जोसुकैले सजाय पाउनुपर्छ।’
२५ चैत्र, सुनसरी - सुनसरीको हरिनगर -४ लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन आइतबार प्रहरीले बल प्रयोग गरेको छ । अपराह्न प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका थिए । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका छन् । प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए । प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको…