२० पुस, महोत्तरी - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।” साथै, उनले पार्टी…
२० पुस, काठमाडौं - सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए । उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य…
२० पुस, काभ्रे - राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय…
Casino Bonus 10 Euro Gratis Senza Deposito Bonus 10 2025 In questa guida scopriremo i migliori bonus slot senza deposito di 10€, come ottenerli e su quali siti. Il bonus 1000 euro nuovi nati a partire dal primo gennaio del 2025 è stato reso – per fortuna – strutturale. Ciò significa che nella nuova Manovra sono stati stanziati dei fondi appositamente per garantire un minimo di sostegno economico (una tantum) da destinare ai nuclei familiari con ISEE massimo entro quaranta mila euro. Per richiedere la Carta per i nuovi nati e beneficiare del contributo di 1000 euro, i genitori devono presentare…
७ पुस, काठमाडौं - प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र लेखेको हो । अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ । लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ । सम्पत्ति…
७ पुस, काठमाडौं - सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरू, मन्त्री, राजनीतिक संयन्त्रमा रहेका नेताहरू नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायत सहभागी बैठकमा सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीजस्ता गैह्रकानुनी क्रियाकलाप निवारण…
७ पुस, कास्की - जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले…
७ पुस, काठमाडौं - सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पी खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा…
७ पुस, काठमाडौं - जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो । जनकपुरले १ सय ८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो । मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार…
२९ मङ्सिर, काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे । ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहालमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ,’ पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ तर हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’ पुनले…