Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छन्। टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधअनुसार चुप लागेर बस्न नसकी संक्रमण व्यवस्थापन गर्दै नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने उद्देश्यले वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।” प्रधानमन्त्री कार्कीले नागरिकको अपेक्षाअनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले थपिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका विषयमा जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकाजमा पारदर्शिता,…
Read More

जेन–जी आन्दोलनपश्चात् निकास दिन राष्ट्रपतिको पहल उल्लेखनीय: प्रचण्ड

३ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिमा पनि देखाएको दृढताप्रति कृतज्ञता प्रकट गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन् । “राष्ट्रपतिजी निकै अप्ठ्यारो अवस्थामा संविधान जोगाउन दृढतापूर्वक उभिनुभयो। उहाँ त्यस्तो कदम चाल्नु नभएको भए अहिलेको अवस्था अर्कै हुन्थ्यो,” प्रचण्डले भने, “त्यसैले उहाँलाई धन्यवाद छ।” जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि अन्तरिम सरकार गठनको पहलस्वरूप राष्ट्रपतिले विभिन्न दल तथा आन्दोलन पक्षधरहरूसँग संवाद…
Read More

संविधान दिवसमा राष्ट्रपति पौडेलको सन्देश– सुशासन र एकताबाट समृद्धि सम्भव

३ असोज, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रतर्फ देशलाई डोऱ्याउने लक्ष्य लिएको बताएका छन्। संविधान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए। साथै, आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्ममार्फत इमानदारी र प्रभावकारी योगदान गर्नुपर्नेमा पनि उनले आह्वान गरे। उनले भने, “संविधानको भावना कार्यान्वयन गर्न हरेक क्षेत्रबाट ईमानदार प्रयास आवश्यक छ।” उनका अनुसार, वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट…
Read More

संविधान र सार्वभौमसत्तामाथि चुनौती, सबै पुस्ता एकजुट हुनुपर्ने ओलीको आह्वान

३ असोज, काठमाडौं – एमाले अध्यक्ष एवं हालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामापछि सार्वजनिक तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले पदत्यागपश्चात् पहिलोपटक प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्। संविधानलाई नियोजित रूपमा आक्रमण गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, देशको पहिचान मेटाउन खोजियो। राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठानदेखि नेताकार्यकर्ताका घर र व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइयो।” देश वास्तवमै निर्माणतर्फ गइरहेको थियो वा बिग्रँदै गएको भन्ने कुरा भविष्यमा नयाँ पुस्ताले आफैं आकलन गर्ने उनको भनाइ छ। उनले भने,…
Read More
प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्। शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए। "यो उपयुक्त समय हो," प्रचण्डले भने, "गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।" उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए। समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार…
Read More
सांसद धवलशमशेर जबरा पक्राउ, सभामुखलाई प्रहरीको आधिकारिक जानकारी

सांसद धवलशमशेर जबरा पक्राउ, सभामुखलाई प्रहरीको आधिकारिक जानकारी

१६ चैत, काठमाडौं — राजावादी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराको विषयमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद जबरा फौजदारी अभियोगमा पक्राउ परेको जानकारी गराउँदै संसद् सचिवालयलाई औपचारिक पत्र पठाएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको व्यवस्थाअनुसार सांसद पक्राउ परे सभामुखलाई सूचित गर्नुपर्ने भएकाले सो पत्र प्राप्त भएको छ। संविधानको धारा १०३ (६) मा व्यवस्था गरिएको छ कि संसद्को अधिवेशन जारी रहेका बेला कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा संघीय कानुनबमोजिम पक्राउ गर्न पाइन्छ, तर त्यसबारे सभामुखलाई तुरुन्त जानकारी गराउनुपर्छ।…
Read More
नेपाल पत्रकार महासंघको विरोध प्रदर्शन: पत्रकार सुरेश रजकको हत्यामा दोषीलाई कारबाहीको माग

नेपाल पत्रकार महासंघको विरोध प्रदर्शन: पत्रकार सुरेश रजकको हत्यामा दोषीलाई कारबाहीको माग

१६ चैत, काठमाण्डौं — नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघले आफ्नो ७१औं स्थापना दिवसको पूर्वसन्ध्यामा वार्षिकोत्सवलाई रजक हत्याको विरोध सभामा परिणत गर्दै शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको थियो। महासंघका प्रदेश समितिहरू र ७७ वटै जिल्ला शाखाले पनि पत्रकार रजकको हत्या र पत्रकार तथा सञ्चारगृहहरूमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्। माइतीघरको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकार रजकको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै सरकारसँग घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरे। उनले पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग…
Read More
राजावादी आन्दोलनको अराजकता सह्य नहुने, दोषीलाई कडा कारबाही हुने: गृहमन्त्री लेखक

राजावादी आन्दोलनको अराजकता सह्य नहुने, दोषीलाई कडा कारबाही हुने: गृहमन्त्री लेखक

१६ चैत, काठमाडौं — गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनको नाममा भएको हिंसात्मक आक्रमणलाई आपराधिक कार्यको संज्ञा दिँदै संलग्नहरूमाथि कानुनी कारबाही हुने बताएका छन्। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनधनको क्षति गर्ने तत्वहरूमाथि विस्तृत अनुसन्धान गरी कडा कारबाहीको प्रतिबद्धता जनाए। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको आन्दोलन उग्र बन्दा दुईजनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा समेत आगजनी गरेको गृहमन्त्री लेखकले पुष्टि गरे। गृहमन्त्री लेखकले आन्दोलन कुनै राजनीतिक दर्शन, सिद्धान्त वा चेतनासँग सम्बन्धित नभई योजनाबद्ध आक्रमण भएको बताए। "घरभित्र मानिसहरू रहेको…
Read More
राजावादी आन्दोलनको हिंसा र अराजकताप्रति एमाले महासचिव पोखरेलको कडा आपत्ति

राजावादी आन्दोलनको हिंसा र अराजकताप्रति एमाले महासचिव पोखरेलको कडा आपत्ति

१६ चैत, काठमाडौं — सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलन हिंसात्मक र अराजक भएको भन्दै आपराधिक गतिविधिमा संलग्न तथा त्यसका लागि निर्देशन दिनेहरूमाथि कडा कारबाहीको माग गरेका छन्। उनले आन्दोलनका नाममा नियोजित रूपमा आपराधिक समूह परिचालित गरिएको दाबी गर्दै पीडितलाई राज्यबाट उचित सम्बोधन आवश्यक रहेको बताएका छन्। शनिबार पोखरेलले भने, "जनतालाई आतंकित बनाउने, आपराधिक घटनामा संलग्न हुने र त्यसलाई उक्साउने तथा निर्देशन दिने सबैलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्छ।" उनले शुक्रबार राजधानीमा भएका दुई छुट्टाछुट्टै प्रदर्शनको तुलनात्मक समीक्षा गर्दै समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण र सन्देशमूलक रहेको बताए। विपरीत रूपमा राजावादीहरूको आन्दोलन उग्र, प्रतिशोधात्मक र अराजक बनेको भन्दै…
Read More
राजावादी प्रदर्शनको हिंसात्मक रुपप्रति राजनीतिक दलहरूको कडा आपत्ति

राजावादी प्रदर्शनको हिंसात्मक रुपप्रति राजनीतिक दलहरूको कडा आपत्ति

१६ चैत, काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्। प्रदर्शनका क्रममा मिडिया हाउस, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सपिङ मल, सार्वजनिक सवारीसाधन तथा सर्वसाधारणका घरमा आक्रमण भएको छ। यस घटनाप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। राजनीतिक दलहरूको एकस्वरमा भर्त्सना नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिलाई गम्भीर रूपमा लिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको नाममा भएको हिंसा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search