Epost Nepal

नेपाल पत्रकार महासंघको विरोध प्रदर्शन: पत्रकार सुरेश रजकको हत्यामा दोषीलाई कारबाहीको माग

१६ चैत, काठमाण्डौं — नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघले आफ्नो ७१औं स्थापना दिवसको पूर्वसन्ध्यामा वार्षिकोत्सवलाई रजक हत्याको विरोध सभामा परिणत गर्दै शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको थियो।

महासंघका प्रदेश समितिहरू र ७७ वटै जिल्ला शाखाले पनि पत्रकार रजकको हत्या र पत्रकार तथा सञ्चारगृहहरूमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।

माइतीघरको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकार रजकको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै सरकारसँग घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरे। उनले पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन्।

विरोधसभामा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले गणतन्त्रमा पनि पत्रकारको कार्यस्थलमा यस्ता हिंसात्मक घटना हुनु दुःखद रहेको भन्दै दोषीहरूलाई कडा कारबाहीको माग गरे।

महासचिव रामप्रसाद दाहालले पत्रकार रजकको न्याय र घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन्। उनले भने, “यदि यी मागहरू पूरा नगरे सरकारले निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने छ।”

शुक्रबारको प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेको थियो भने फोटो खिचेको निहुँमा पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search