Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय

९ मङ्सिर, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरिसकेका छन् ।…
Read More
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

९ मङ्सिर, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् । उपनिर्वाचनमा सेना परिचालन गर्न प्रधानमन्त्रीको २०८१ मंसिर ६ को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यही मंसिर १६ गते देशभर ४१ पदमा उपनिर्वाचन हुँदैछ ।
Read More
दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार

दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार

९ मङ्सिर, काठमाडौं - काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए । 'हामीले कार्यक्रम गरेको होइन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको हो, त्यहिँ कुरा गर्नुहोला भन्दै उहाँहरूले पत्र बुझ्नु भएन' भट्टराईले भने । सरकारको नेतृत्वमा…
Read More
नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग गर्‍यो मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे सुझाव सङ्कलन

नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग गर्‍यो मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे सुझाव सङ्कलन

७ मङ्सिर, काठमाडौं - नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ । कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थ विज्ञहरूसँग छलफल गरेको हो । छलफलमा मुलुकको अर्थतन्त्रमा रिफर्म आवश्यकता रहेकाले रिफर्मको लागि आवश्यक तयारी गर्न सुझाव दिएका छन् । अर्थतन्त्र संकुचनको अवस्थामा रहेको भन्दै अर्थतन्त्रलाई माथि लैजानको लागि नीतिगत सुधार गरी आन्तरिक र वैदेशिक लगानीको वातावरण बनाउन जरुरी रहेको विज्ञहरूले बताएका…
Read More
सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुन्छ: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुन्छ: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

७ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताएका छन् । शुक्रबार दरवार मार्गमा आयोजित पार्टीको  जागरण सभालाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अराजकता ,सामाजिक विद्धेष र विकृतिका विरुद्ध , लोकतन्त्र ,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा रहेको उनको भनाइ थियो । 'कसैले पनि कानुन विपरीत गर्न नहुने अपराधिक क्रियाकलाप गर्छ भने नेकपा एमालेले छोड्दैन । मैले नेतृत्व गरेको सरकारले पनि छोड्दैन । अहिले एमाले र कांग्रेसको मिलिजुली संयुक्त सरकार छ । यसले छोड्दैन,प्रधानमन्त्री ओलीले भने,' यो सरकार देशमा अनुशासन ल्याउनका निम्ति सोचविचार…
Read More
पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली टिप्पणी: पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ?

पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली टिप्पणी: पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ?

७ मङ्सिर, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई 'वाहियात' र 'कायर' को संज्ञा दिएका छन् । उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् । 'कतिले के-के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो ?' प्रधानमन्त्री ओलीले भने,' यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई…
Read More
सरकारको यो समीकरण मंसिर ०८४ सम्म चल्छ, त्यसमा कुनै भ्रम नराखे हुन्छ: प्रधानमन्त्री केपी शर्मा ओली

सरकारको यो समीकरण मंसिर ०८४ सम्म चल्छ, त्यसमा कुनै भ्रम नराखे हुन्छ: प्रधानमन्त्री केपी शर्मा ओली

७ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे । 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन । कमाउन आएको छैन । आफ्ना मान्छे भर्ती गरेको छैन । एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?' ओलीले धेरै प्रकारका मान्छेले धेरै प्रकारका हल्ला फैलाए पनि एमाले कागको पछि नलाग्ने स्पष्ट…
Read More
नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेल

नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेल

७ मङ्सिर, काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंको दरबार मार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नहुने बताए । उनले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताए । उनले नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताए । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा…
Read More
पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

६ मङ्सिर, काठमाडौं -चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संक्लन भएको छ । सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिँदैन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । आव २०७७/७८ मा १०…
Read More
नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने

नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने

६ मङ्सिर, काठमाडौं - नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मंसिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।-रासस
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search