Epost Nepal

नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग गर्‍यो मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे सुझाव सङ्कलन

७ मङ्सिर, काठमाडौं – नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ ।

कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थ विज्ञहरूसँग छलफल गरेको हो ।

छलफलमा मुलुकको अर्थतन्त्रमा रिफर्म आवश्यकता रहेकाले रिफर्मको लागि आवश्यक तयारी गर्न सुझाव दिएका छन् । अर्थतन्त्र संकुचनको अवस्थामा रहेको भन्दै अर्थतन्त्रलाई माथि लैजानको लागि नीतिगत सुधार गरी आन्तरिक र वैदेशिक लगानीको वातावरण बनाउन जरुरी रहेको विज्ञहरूले बताएका छन् ।

कार्यक्रममा प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको कार्यक्रममा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक तथा सचेतक, कांग्रेस केन्द्रीय सदस्य एवं उद्योग व्यवसायीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search