Epost Nepal

नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेल

७ मङ्सिर, काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबार मार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नहुने बताए । उनले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताए ।

उनले नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताए । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा एमालले मात्रै पूरा गर्नसक्ने उनको दाबी छ ।

उनले भने, ‘नेपालको राजनीतिलाई सही बाटोमा अघि बढाउने हो भने, दुनियाँको विकास र समृद्धिको अनुभवबाट शिक्षा लिने हो भने कुनैपनि राष्ट्रको विकास र समृद्धिका लागि तीन वटा विषय अपरिहार्य हुन्छ । त्यो भनेको दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । आज हाम्रो मुलुक किन बनेन भन्दा त्यसको कारण हो- राजनीतिक अस्थिरता । बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री व्यहोरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औषतमा सवा वर्ष पनि काम गर्न पाउँदैन । हाम्रा छिमेकीहरुले प्रगति गरे भनेर चर्चा गर्ने गर्दछौँ । चीनमा के छ, कार्यकारी राष्ट्रपति हुने गर्दछ । त्यहाँ सि जिनपिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्नुभएको छ । अर्कोतिर भारतमा हेरौँ । भारत विकासको बाटोमा अघि बढिरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ । नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ ।’

उनले नेपालले गणतन्त्र प्राप्तिसँगै एक दर्जनभन्दा बढी प्रधानमन्त्री बनाइसक्दा पनि विकासको अनुभूति गर्न नपाएको बताए । ‘यो अस्थिरताको अवस्थामा नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुन सक्दैन । त्यसअर्थमा नेकपा एमालेले संकल्प गरेको छ, अठोट गरेको छ, नेकपा एमालेले भनेको छ । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । त्यो निर्णायक राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो,’ उनले भने, ‘नेकपा एमालेले मात्रै यो मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search