Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
सहकारी ठगी प्रकरण: सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबिच संसदीय समिति बनाउने सहमति

सहकारी ठगी प्रकरण: सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबिच संसदीय समिति बनाउने सहमति

५ जेठ, काठमाडौं - सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए । ‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो…
Read More
सहकारी प्रकरणमा रवि लामिछानेलाई जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्: शेखर कोइराला

सहकारी प्रकरणमा रवि लामिछानेलाई जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्: शेखर कोइराला

५ जेठ, काठमाडौं  - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । शनिबार पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन् । 'उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्। त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन,' कोइरालाले भने । लामिछाने गृहमन्त्रालयमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने उनले बताए । 'गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ?,' उनले भने । नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी…
Read More
राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री भन्दा बढी ब्यस्त कोही पनि छँदै : माधवकुमार नेपाल

राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री भन्दा बढी ब्यस्त कोही पनि छँदै : माधवकुमार नेपाल

५ जेठ, काठमाडौं  - नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताएक छन् । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए। नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप समेत लगाए । उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको भन्दै देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै ब्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी ब्यस्त कोही पनि छँदै छैन होला ।…
Read More
संसदीय छानबिन समितिको कार्यक्षेत्र बारे कुराक गर्न तयार: कांग्रेस

संसदीय छानबिन समितिको कार्यक्षेत्र बारे कुराक गर्न तयार: कांग्रेस

५ जेठ, काठमाडौं  -  सहकारीको बचत रकम ठगीमा छानबिन‍ समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबिच शनिबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्मा जारी अवरोध हटाउने उपायका बारेमा छलफल भएको थियो । कांग्रेसले संसदीय छानबिन समितिको कार्यक्षेत्र के कस्तो बनाउने भन्ने विषयमा छलफल गर्नका लागि संसद्मा प्रतिनिधित्व दलहरूबीच कुराकानी गर्न तयार रहेको बताएको छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार सत्ता र प्रतिपक्षबाट संसद्मा जारी अवरोध हटाउने उपाय के हुनसक्छन् भन्ने आ-आफ्ना अडानयुक्त धारणा सार्वजनिक भइसकेको अवस्थामा अब संसदीय समिति बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखिएको थियो । संसदीय छानबिन समिति गठन गर्नका लागि…
Read More
मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित गर्‍यो विभिन्न निर्णय

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित गर्‍यो विभिन्न निर्णय

४ जेठ, काठमाडौं - सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार जानकारी गराएकी हुन् । उनका अनुसार सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सोही पदमा थिइन् । बैठकले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने

४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते…
Read More
सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भयो : गगनकुमार थापा

सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भयो : गगनकुमार थापा

३ जेठ, काठमाडौं  -  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभा बैठकपछि बिहीबार पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएकोले त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताए । उनले संसद्‌मा जबर्जस्ती कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उल्लेख गरे । 'प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्‌भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे-जति कुराहरु सदनभित्र गराउनका…
Read More
शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित: रवि लामिछानेलाई बोल्ने समय दिएपछि सांसदबीच धकेलाधकेल

शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित: रवि लामिछानेलाई बोल्ने समय दिएपछि सांसदबीच धकेलाधकेल

३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका थिए ।पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिए ।  कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरेका थिए । कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि…
Read More
अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ : कांग्रेस सांसद प्रदीप पौडेल

अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ : कांग्रेस सांसद प्रदीप पौडेल

३ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले  कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पौडेलले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए । उनले कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताए । उनले अनियमितताविरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए । उनले भने, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ । विपक्षमा बसेर कांग्रेसले प्रश्न गर्‍यो, सत्तामा बसेर सत्तारुढ दलहरुले कांग्रेसलाई प्रश्न गरिरहेका…
Read More
गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री बारे ओलीको भनाई प्रति देउवाको प्रतिक्रिया: आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री बारे ओलीको भनाई प्रति देउवाको प्रतिक्रिया: आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

३ जेठ, काठमाडौं  -  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । अदालतले फैसला गरेपछि गिरीबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे । ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search