Epost Nepal

सहकारी प्रकरणमा रवि लामिछानेलाई जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्: शेखर कोइराला

५ जेठ, काठमाडौं  – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् ।

शनिबार पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन् ।

‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्। त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन,’ कोइरालाले भने ।

लामिछाने गृहमन्त्रालयमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने उनले बताए ।

‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ?,’ उनले भने ।

नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताए ।

अहिलेको विवाद कांग्रसले दोषी भनेको र अरूले दोषी छैन भन्नेबीचको कुरा मात्रै रहेकाले निष्कर्षमा पुगेपछि समाधान हुने कोइरालाले बताए।

‘ प्रश्न उठ्यो तर म क्लिन छु भने छानबिनले पनि क्लिन भइहाल्छु, त्यसमा के फरक पर्छ,’ उनले भने ।

संसदमा रवि लामिछानेलाई बोल्न नदिएको भनाइ पनि गलत रहेको कोइरालाले बताए। लामिछाने आफै बोल्न नचाहेको उनको दाबी छ।

‘बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर हामीहरुले के भनेको थियौं भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने बस्छौं । होइन भने हामी तपाईले बोलेको विषयको खण्डन गर्छौं, त्यो स्वीकार्य भएन,’ उनले भने।

त्यसकारण प्रजातन्त्रमा अझै कांग्रेसजस्तो प्रजातन्त्रिक पार्टीले बोल्न नदिएको भन्नु गलत रहेको उनले बताए।

‘उहाँले नै बोलेर छानबिन समिति बनाउनु भनिदिए त सकियो कुरा। तर हामीलाई चित्त बुझेन भने हामी बोल्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search